सिंहदरबारमा जारी एमाले कार्यदलको बैठक गम्भीर मोडमा पुगेको छ । माधव नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने लाइनमा उभिएपछि बैठक गम्भीर मोडमा पुगेको हो । नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ । सिंहदबारमा साढे ११ घण्टादेखि अहिले पनि जारी छ । केहीबेर ब