सहकारीमार्फत गरिबी निवारण सरकारको प्राथमिकता :मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत गरिबी निवारण सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । मन्त्रालयको विनियोजन शीर्षकहरुमाथी राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नको बुधवार राष्ट्रियसभामा जवाफ दिँदै उनले सहकारीका विकृतिलाई नियन्त्रण गर्दै प्रभावकारी बनाइने उल्लेख गरिन् ।