पुँजी वृद्धि नगर्ने बीमा कम्पनीलाई ‘फोर्स मर्जर’को अस्त्र

पटक–पटक समय दिँदा पनि पुँजी नबढाउने बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणले कारबाही गर्ने भएको छ । पुँजी पुर्याउन नसक्ने कम्पनीलाई कारबाहीका लागि प्राधिकरणले छलफल चलाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार पटक–पटक पुँजी वृद्धिका लागि समय थप्दा पनि केही कम्पनीहरूले नियामक निकायलाई अटेर गरेका छन् । पुँजी नबढाउने कम्पनीलाई व्यवसाय रोक्का गर्नेदेखि ‘फोर्स मर्जर’मा […]

सम्बन्धित सामग्री

बीमा कम्पनी मर्जमा जाँदा कर्मचारीहरुको सेवा सुविधा र पद घटाउन नपाईने

बीमा कम्पनीहरुको मर्जमा जाँदा कर्मचारीहरुको पद घटुवा गर्न नपाइने भएको छ। त्यस्तै उनीहरुले खाईपाई आएको तलब तथा सेवा सुविधा पनि घटाउन नपाइने भएको छ ।बीमा समितिले बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न जारी गरेको परिपत्रमा थप संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो । जस अनुसार गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमकमा निजहरुले साविकमा रहेको पद अनुसारको तह बा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्नुपर्नेछ। त्यस्तै गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधा भन्दा नघट्ने गरी व्यवस्था गर्नु पर्नेछ ।गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकमा कार्यरत हुन इच्छुक नरहेका व्यवस्थापकीय तथा अन्य कर्मचारीहरुको हकमा उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागु गर्नु पर्ने ब्यबस्था पनि समितिले गरेको छ।त्यस्तै अब गाभ्ने गाभिनेमा कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन पाएका छन् । यस अघि सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन नपाइने ब्यबस्था थियो । बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

पुँजी बढाउन नसक्ने भएपछि 'मर्जर साथी' खोज्दै बीमा कम्पनी, कसको कोसँग कुराकानी?

काठमाडौं। बीमा समितिले २०७९ चैतभित्र पुँजी वृद्धि गर्न निर्देशन दिए लगत्तै बीमा कम्पनीहरु मर्जरमा जान बाध्य भएका छन्। हकप्रद

‘फोर्स मर्जर’ दबाबमा बीमा कम्पनी, चुक्ता पुँजी पुर्याउन कसले कति बढाउनुपर्छ ?

अन्ततः बीमा कम्पनीहरू अनिवार्य पुँजी वृद्धि दबाबमा परेका छन् । बिहीबार एक निर्णय गर्दै बीमा समितिले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रुपैयाँ तोकिदिएको हो । यस्तो न्यूनतम पुँजी चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा पु¥याउने गरी एक महिनाभित्र क्यापिटल प्लान समेत पेश गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देश गरेको छ । यसको चर्को दबाबमा यतिखेर बीमा कम्पनीहरू परेका छन् ।‘बीमा कम्पनीहरूको पुँजी कम छ, दायरा तथा दायित्व च

बीमा कम्पनीहरूको पूँजी वृद्धि : लगानीकर्तालाई फाइदा कि बेफाइदा ?

चैत ११, काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । समितिले बिहीवार बीमा कम्पनीहरूलाई पूँजीवृद्धिको योजनासहितको विवरण एक महीना भित्र समितिमा पेश गर्न निर्देशन दिएको छ । पहिले जीवन बीमाका लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि १ अर्ब रुपैयाँ चुक्तापूँजी हुनुपर्ने व्यवस्था थियो । तर, समितिले त्यसलाई बढाएर समितिले जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न निर्देशन दिएको छ । पूँजी वृद्धि गर्दा जोखिम बहन गर्ने क्षमतामा वृद्धि हुने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने कम्पनीका सञ्चालकहरू बताउँछन् । पूँजी वृद्धि गर्ने उपयुक्त उपाय मर्जनै भएकाले अब एक अर्कासँग छलफल थालिने एक इन्स्योरेन्स कम्पनी सञ्चालकले बताए । उनका अनुसार यो नीतिले पूँजीको आधार बलियो हुन्छ ।   यो निर्देशनसँगै अब बीमा कम्पनीहरूले पूँजी पुर्याउन कि त हकप्रद शेयर जारी गर्नुपर्ने हुन्छ, कि त यो अर्काे उपयुक्त बीमा कम्पनी खोजेर मर्जरमा जानु पर्ने हुन्छ । हकप्रद शेयर जारी गर्दा कम्पनीको चुक्तापूँजी त तोकिए जति पुग्ला तर, व्यवसाय विस्तार गर्न नसके त्यसको प्रभाव दीर्घकालमा शेयरधनीलाई पर्ने विश्लेक बताउँछन् । यसअघि बैंकहरूको पूँजी वृद्धिको नीतिले बैंकहरूले राम्रो प्रतिफल दिन नसकेको उदाहरण दिँदै शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले पूँजी वृद्धि के का लागि गरिएको हो त्यो कुरामा लगानीकर्ता स्पष्ट हुनुपर्ने बताए ।  अहिलेका लगानीकर्ता हचुवाको भरमा लगानी गर्दा पछि फस्ने सम्भावना बढ्ने उनी बताउँछन् । बीमा कम्पनीको व्यवसाय विस्तार कस्तो छ, त्यसले प्रतिफलमा प्रभाव पार्ने हुँदा पूँजी वृद्धिकै कारण शेयर किन्न होड बाजी थाप्नु उपयुक्त नहुँने उनको भनाइ छ । ‘अहिलेका लगानीकर्ताको प्रवृति हेर्दा कुुनै कम्पनीले हकप्रद ल्याउँने भयो वा बोनस दिने भयो भने त्यसको शेयर किन्न होड बाजी गर्ने गरेको पाइन्छ । कतिपयले त यो मेरो कमाइ हो भनेर पनि भन्छन् । यसको फाइदा ट्रेडर्सहरूले लिएका हुन्छन् ।’ उनले भने, ‘पुँजी वृद्धि गर्नका लागि आधार हुनुपर्छ । व्यवसाय ठूलो छ, अहिलेको पूँजीले व्यवसाय गर्न पुगेको छैन् भने पुँजी वृद्धि हुर्न पर्छ । व्यवसाय विस्तार पनि नगर्ने हकप्रद शेयर जारी गर्न र त्यो पैसा कम्पनीमा मात्र थुप्रिराख्ने हो भने हकप्रदको कुनै अर्थ छैन् ।’ व्यवसाय विस्तार गर्न नसकेका कम्पनीको हकप्रद किन्न नहुने बस्याल बताउछन् । पूँजी वृद्धि गर्दा प्रतिशेयर आम्दानी घट्ने हुँदा कम्पनीको व्यवसाय विस्तारलाई लगानीकर्ताले ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले बीमा कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न नदिने नीति छ ।  समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण हेर्दा नेपाल लाइफबाहेक अरूको कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ । अहिले समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ ।