मुस्ताङमा मदिरा बिक्रीमा रोक, रुट मिलाएर मात्रै विजय जुलुस

पर्वत : जिल्ला प्रशासन कार्यालय मुस्ताङले वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री वितरणमा रोक लगाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार निर्वाचनको मौन अवधि सुरु हुने दिन वैशाख २७ गते राती १२ बजेदेखि मत परिणाम सार्वजनिक नहुने बेलासम्मको लागि जिल्लाभर नै मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गर्न नदिने निर्णय भएको हो।शनिवार बसेको जिल्ला निर्वाचन सुरक्षा समिति तथा सर्वपक्षीय बैठकबाट निर्णय गरेर रोक लगाइएको हो। प्रशासनले निकालेको आदेशमा मौन अवधिभर