काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउन माग गरेकी छन्।हुँदै नभएको आधारभूत अस्पतालको सामान खरिद प्रकरणमा करोडौंको कमिशनको चलखेल गरेकाले मन्त्री बस्नेतलाई तत्काल हटाउनुपर्ने उनको जिकिर थियो।मंगलवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा उनले अस्पतालमा आवश्यक दरबन्दी थप्न नचाहने तर हुँदै नभएका अस्पतालमा पनि उपकरण खरिदको नाममा से