सिद्धान्त र व्यवहारमा अन्तरविरोध किन ?

सिद्धान्त, घोषणा र नीतिमा ‘शत्रु’ भनिएकासँग समेत सरकारमा भागबन्डा, चुनावी तालमेल र साँठगाँठ गर्न नहिच्किचाउने प्रवृत्ति दलहरूमा छ विचारको अनौचित्य !  राजनीतिक दल निश्चित सिद्धान्त, नीति र कार्यक्रमका आधारमा सञ्चालित हुन्छ ।...

सम्बन्धित सामग्री

झगडा यसरी मिलाउनु पर्छ

नेपाल कम्युनिस्ट पार्टीको झगडाबाट मुक्त हुन नपाउँदै, नेकपा (एमाले) को वाक् युद्धमा फँसियो । गुटमा लाग्ने साथीहरू मुद्दा मिल्नै नसक्नेछ भन्नुहुन्छ । म भन्छु के छ मुद्दा ? सिद्धान्तको ? विचारको ? नीतिको ? म त केही देख्तिनँ यस्तो । दुई वर्षका पछिल्ला तीन महिनाको मुद्दा मुखमा टाँस्सिएको छ । जे मुखमा आयो बोल्यो । सुरुआतमै मैले भनेको थिएँ ‘जनताको बहुदलीयजनवाद पक्षधर’ हरू जाने भनेको एउटै ठाउँमा हो, त्यसैले बोल्दा होस पु¥याउँ । गाली गलौज नगरुँ । त्यतिबेला नेताहरूको ‘सिंए’ जागेको बेला थियोे । किन सुन्नु हुन्थ्यो हामीजस्ताले भनेका राम्रा कुरा ? तर अदालतले उहाँहरूको होस उडाइदियो । ‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आआफ्नो खेती गरी खानु, बारम्बार हामीलाई दुःख दिन नआउनु’ भनी आदेश दियो । आफ्नो पार्टी बनाउने यो एउटा राम्रो अवसर थियो । अब नेकपा (एमाले) नेताले पार्टीको एक आपसका गालीगलौजलाई बिर्सनुप¥यो, सहकार्यको समयलाई सम्झिएर काम गर्नुप¥यो । हाम्रा नेताहरूको झगडा र रक्सी खानेहरूले दिनदिनै गर्ने झगडा उस्तै त थियो । बिग्रने हाम्रो र हामीलाई माया गर्ने जनताको मात्र होइन । सबैभन्दा ठूलो घाटा केपी ओली र माधव नेपाललाई नै हुन्छ । अहिले वरिपरि उभिने लेफ्टेन र केप्टेनले जे भने पनि घाटाको परिणाम आएपछि थाहा हुनेछ, इतिहासले अरू कसैलाई देख्तैन । एकातिर हुनुहुनेछ केपी ओली अर्कातिर हुनुहुनेछ माधव नेपाल । प्रचण्ड त हराउनुहुन्छ इतिहासको कुनै पत्रमा । अहिले भएका साथीभाइ कोही हुने छैनन् यताउती खोज्दा पनि । स्वार्थी मान्छेहरू भेला हुने भनेको खान पाउञ्जेलसम्म न हो । सत्ताकै बाँडफाँट न हो मिल्ने भनेको पनि । विचार त प्रचण्डले खाइदिई हाल्नुभयो । जुन खाल्डामा हाल्दा आपूmलाई फाइदा हुन्थ्यो, पालैपालो गरी पहिले केपी ओली र पछि माधव नेपाललाई तिनै खाल्डामा जाकिहाल्नु भयो । प्रधान अन्तरविरोध र नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तमा उहाँहरू चुकेकै हो । पहिले एकता गर्ने बेलामा केपी र अहिले एकताको अवसान हुुने बेलामा माधव नेपाल । दुवै अवसरमा उहाँहरू दुवै माक्र्सवादी र लेनिनवादी हुनुभयो । जनताको बहुदलीय जनवाद नेपालको माक्र्सवाद हो, सिद्धान्त र आदर्श हो । सोभियत सङ्घमा एकसय वर्ष पनि नटिकेको लेनिनवाद होइन ।

वामदेव र ईश्वर आमने-सामने, ओलीले तोडे घेराबन्दी

६ कात्तिक, काठमाडौं । नेकपाले मान्दै आएको 'लेनिनवादी संगठनात्मक सिद्धान्त' ले भन्छ- पार्टीभित्र अन्तरविरोध भएन भने कम्युनिष्ट पार्टी निर्जीवजस्तै बन्छ । अहिले नेकपाभित्रको अन्तरविरोध भुसको आगोजसरी पुत्पुताइरहेको छ । तर, अन्तरविरोधको स्वरुपमा भने विगतको भन्दा …