पाँच बुँदे घोषणा पत्र जारी गर्दै सकियो राष्ट्रिय गजल महोत्सव

पाँच बुँदे घोषणा पत्र जारी गर्दै ‘राष्ट्रिय गजल महोत्सव २०७६’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनमा २ दिने गजल महोत्सव सम्पन्न भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न महोत्सवमा देशभरका गजलकाहरुले प्रतिनिधित्व गरेका थिए ।