ताउते चक्रवाती तुफानको कहर सहेको भारतमा फेरि अर्को तुफान आउन लागेको छ ।
मंगलवार साँझसम्ममा पश्चिम बंगाल र उत्तरी उडिसामा यास नामक तुफान आउने सम्भावना देखिएको छ ।
त्यसका लागि नेसनल डिजास्टर रेस्क्यु फोर्सका ६५ टोलीहरू तैनाथ गरिने भएको छ । थप २० टोलीलाई जगेडामा राखिएको छ ।
यास तुफान आउँदा १५५ देखि १६५ किलोमिटर प्रतिघन्टासम्मको गतिमा हावा चल्ने र तटीय जिल्लाहरूमा अत्यधिक वर्षा हुने र सामुद्रिक लहर आउने आशंका छ ।
बंगाल र उडिसा राज्यका मुख्यसचिवहरूले खाद्यान्न, पिउने पानी र अन्य आवश्य...