आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या 'निकै दुर्लभ' रहेको निष्कर्ष - BBC News नेपाली

युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको हो।

सम्बन्धित सामग्री

अस्ट्राजेनेका भ्याक्सिन : रगत जम्नु समस्या हो कि साइड इफेक्ट ?

बेलायतमा ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन नलगाइने भएको छ। औषधि नियामक संस्था एमएचआरएले अस्ट्राजेनेका लगाएपछि रगत जम्ने समस्याहरु आएपछि यस्तो निर्णय गरिएको जनाएको हो। ३० वर्षभन्दा कम उमेर समूहका व्यक्तिलाई अन्य विकल्प दिइने बताइएको छ। अब १८ देखि२९ वर्ष उमेर समूहलाई अर्कै भ्याक्सिन दिने बेलायती सरकारको तयारी छ।…

पहिलो पोस्ट

अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष

काठमाण्डाै - अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकाय (ईएमए)ले निष्कर्ष निकालेको छ । ईएमएको समीक्षाका क्रममा अक्सफर्ड-एस्ट्राजेनेकाकाे खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्णरूपमा नकार्न नसकिने ईएमएले जनाएको छ । यो खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने आशङ्काकाबीच युरोपेली सङ्घका १३ देशहरूले खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । इटली, स्पेन र जर्...

उज्यालो अनलाइन

एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको ...

उज्यालो अनलाइन