पर्यटन व्यवसायका विविध आयाम

नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रूपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्र स्थानमा रहेको छ । नेपालमा पर्यटक आकर्षित हुनुका कारणहरू अनेक रहेका छन् । त्यस्तै नेपालमा पर्यटनका विविध आयात र क्षेत्र रहेका छन् । ती सबै आयामलाई उपयोग गर्न सके यसबाट समृद्धिको बाटो खुल्न सक्छ ।   ग्रामीण पर्यटन : आजभोलि ग्रामीण पर्यटनको महत्त्व ज्यादा बढेको देखिन्छ । शहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रूपमा गाउँ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसरसमेत प्राप्त गराउँछ । पर्यटकहरू स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरू नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदिका बारेमा जान्न चाहेका हुन्छन् । यस्ता पर्यटकका लागि ग्रामीण पर्यटन उत्तम मानिन्छ । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक अवलोकन भ्रमण गर्न होस् या बिदा मनाउन नै किन नहोस्, गाउँमा पुग्ने गरेका छन् । यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । ग्रामीण पर्यटनले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई उक्त उत्पादनको बजारीकरणसमेत हुन्छ । कोदो, फापर, करू, जौ, सिस्नुको पीठो, मार्सी चामल, सिमीको दाल, सिन्की, लप्सी, कागुनोजस्ता दर्जनौं उत्पादनले चर्चा पाउने र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकोले गाउँ पर्यटनको महत्त्व ज्यादा रहेको छ । होमस्टे : होमस्टेले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफल भएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गर्छ । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँपनको अनुभूति गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा वरदान नै सावित हुन सक्छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउन स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरण गरी प्रेरित गर्न सक्नुपर्छ । हस्तकला र पर्यटन : पर्यटन व्यवसायबाट हस्तकलाको विकासमा सहयोग पुग्छ । हस्तकला र पर्यटन एकअर्काका परिपूरक हुन्छन् । पहाडी क्षेत्रका विशेष हस्तकलाहरूमा चकटी, सानासाना कलात्मक मूर्तिहरू, टोपी, फेटा, पटुका, पन्जा, मुडाजस्ता सामग्रीको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । यसले पर्यटनको विकासका साथमा हस्तकलाको पनि प्रवर्द्धन हुन्छ । यसले रोजगारी समेत सृजना गर्छ । त्यसैगरी मधेश प्रदेशमा ढक्की, माटाका आकर्षक भाँडाहरू, विभिन्न देवीदेवताका मूर्ति, मिथिला चित्रकला आदिले पनि बजार पाउन सक्छन् ।   साहसिक पर्यटन : आन्तरिक पर्यटकको प्रमुख रोजाइमा बञ्जी जम्पिङ परेको छ । नेपालमा यस्ता साहसिक गतिविधिहरू सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीमा र्‍याफ्टिङको सम्भावना ज्यादा रहेकाले यसमा थप लगानी र प्रचार आवश्यक छ । यसैगरी प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ । सांस्कृतिक पर्यटन : नेपालमा १२५ जातजातिका मानिसहरूको आआफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्य मान्यता रहेका छन् । यी नै सांस्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटक नेपालमा आउँछन् । यो हाम्रो विशेष पहिचान पनि भएकाले यसको संरक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ । सम्पदा पर्यटन : नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेको छ । विश्व सम्पदा सूचिका सूचीकृत भएका दशओटा सम्पदा नेपालमै छन् । पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य, लुम्बिनी, हनुमान ढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्व सम्पदामा परेका छन् । यिनै सम्पदाहरूका कारण पनि नेपाल अवलोकन भ्रमणका लागि पर्यटक आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अवस्था छ । हावापानीमा विविधता : हाम्रो देश नेपाल हावापानीका हिसाबले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशीतोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । सबै खाले हावापानी रुचाउने पर्यटकलाई नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सम्भावनासमेत बराबर रहेको देखिन्छ । वन्यजन्तु अवलोकन पर्यटन : नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुको विविधितामा पनि अग्र स्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुङ्गीहरू प्रशस्त मात्रामा पाइने भएकाले यहाँ अध्ययन र अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । यस्ता पर्यटक खर्चालु समेत हुने भएकाले पर्यटनले बढी लाभ लिन सक्छ । नेपाल प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली शृंखलाहरू, मनोरम पहाडी स्थलहरू, विभिन्न प्रकारका भू–सतह, गुफा, ताल, झर्ना तथा नदीहरूले विदेशी पर्यटकहरूको मन लोभ्याउने गरेको वास्तविकता हामीसामु छिपेको छैन । अझ हामीले अन्य धेरै स्थानको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

सम्बन्धित सामग्री

पोखरामा मिनी सडक महोत्सवसहित पर्यटन दिवस मनाइने

प्रत्येक वर्ष २७ सेप्टेम्वरका दिन मनाइने विश्व पर्यटन दिवस पोखरामा विविध कार्यक्रम गरी मनाइने भएको छ । दिवसको अवसर पारी ९ र १० असोजमा पयटकीय नगरी पोखरामा विविध कार्यक्रम गरिने भएको...

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले …

विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विश्व पर्यटन दिवस नेपालमा यसरी मनाइँदैछ

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले […]

आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौँ- आज सेप्टेम्बर २७ अर्थात् ४३ औँ विश्व पर्यटन दिवस। नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यस दिवस मनाइँदैछ। कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो। ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक […]

नाट्टा र फिलिपिन्स राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने समझदारी

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र गणतन्त्र फिलिपिन्सको राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको छ ।नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रवद्र्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गरेका हुन्

ओझेलमा विश्व पर्यटन

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर महिनामा विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । मूलतः पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय पनि हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई थिलथिलो बनाइरहेको अवस्था छ । यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ)ले प्रकाशित गरेको प्रतिवेदनमा […] The post ओझेलमा विश्व पर्यटन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस वर्ष भौतिकरुपमै विश्व पर्यटन दिवस मनाइने

बयालिसौँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्था लागिपरेका हुन् । सोही प्रयोजनका निम्ति पर्यटन मन्त्रालय मातहतका निकाय प्रमुखबीच हालै भर्चुअल बैठक गरियो । पर्यटन मन्त्रालयका …

आन्दोलनरत पर्यटन श्रमिक र बोर्डबीच भयो सात बुँदे सहमति

नेपाल पर्यटन बोर्ड र नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) बीच ७ बुँदे सहमति भएको छ । लामो समयदेखि आन्दोलन गर्दै आएको निटोग र बोर्डबीच बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । पर्यटन सूचना प्रणाली (टिम्स्) लगायत मजदुरहरुको प्रत्यक्ष सहभागिता रहने बोर्डको विविध कोष तथा कार्यक्रमको परिचालनको विषयलाई लिएर मजदुरहरुले असन्तुष्टी जनाउँदै आएका थिए ।बोर्डका तर्फबाट निर्देशक सन्तोष पन्त र श्रमिक संघको तर्फबाट निटोगका अध्यक्ष रामकाजी तिवारीले सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् । दुई पक्षबीचको समझद