१० वर्षदेखि निर्माणाधीन कमला पुल उद्घाटन नहुँदै भाचियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल भासिएको छ । हुलाकी राजमार्गको सिरहा–धनुषाखण्ड जोड्ने बहुप्रतीक्षित कमला नदीको पुल बिहीबार दिउँसो भासिएको हो । सिरहा नगरपालिका–६ बसपिट्टा तर्फबाट पुलको दोस्रो पाया (पायर) भासिएको हो । १३ वटा पाया (पायर) र १२ स्पान (स्ल्याब)सहितको निर्माण भइरहेको पुलको सिरहातर्फबाट दोस्रो पाया भासिएको छ । करिब तीन मिटर […]