बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे पुर्पक्षका लागि कारागार चलान

काठमाण्डाै – आठ वर्षअघि किशाेरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका मनाेज पाण्डे भनिने मनाेजकुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  पाण्डे आज साेमवार डिल्लीबजार कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएकाे छ । आज जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । सन् २०१४ मा भएकाे मिस ग्लाेबल इन्टरनेशनल प्रतियाेगितमा सहभागी एक किशाेरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्द...