कांग्रेस-माओवादीको संयुक्त अपिल : भ्रम फैलाउनेको उम्मेदवारी खारेजी होस्

काठमाडौं : सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मतदानको मुखैमा सामाजिक सञ्जालमा भएका भ्रमपूर्ण गतिविधिबारे आपत्ति जनाएका छन्। शनिबार दुई दलका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै मिडियाको दुरुपयोग गरेर नेपाली कांग्रेस र माओवादी केन्द्रबीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण जनाएका हुन्।विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिए