अर्थतन्त्र हल्ला गरेजस्तो कठिन अवस्थामा छैन, मुद्रा सञ्चिति ११ अर्बमाथि छ : अर्थसचिव मरासिनी

मुलुकको अर्थतन्त्र बजारमा हल्ला गरेजस्तो कठिन मोडमा पुगिनसकेको अर्थसचिव मधुकुमार मरासिनीले जिकिर गरेका छन् । मंगलबार राजधानीमा सरोकारवाला निकायसँग अर्थमन्त्रालयले गरेको वर्तमान मुलुकको आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा बृहत् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले यस्तो बताएका हुन् ।वर्तमान परिपेक्षमा केही बाह्र कारणहरूले गर्दा मुलुकले केही अप्ठ्यारो स्थितिको सामना गर्नुपरेपनि हातै उठाउनुपर्ने अवस्था आइनसकेको उनले बताए । 'मुलुकको आर्थिक अवस्था समस्या फसिसक्यो, रेमिटेन्स आय छैन, व