अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

सुर्खेत – प्रदेश अस्पताल सुर्खेत परिसरमा गएकाे शनिवार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो ।  अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापर्बाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिवार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापर्बाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो । ...