अरुण तेस्रो बनेपछि देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ : मन्त्री यादव

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन बहुचर्चित अरुण तेस्रो जलविद्युत् परियोजना बनेपछि देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताउनुभएको छ ।  आज मङ्गलवार राष्ट्रिय प्राथमिकताको रूपमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको स्थलगत अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्नुभएका मन्त्री यादवले यो परियोजनाको काम सक्नका लागि आफूसहित सिङ्गो मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुण तेस्रो जलविद्युत् परियोजना भए देशको अर्थतन्त्रमा ठूलो...