विपत् पूर्वसूचना प्रणाली गोदाममा

दशरथचन्द नगरपालिकाको बाढीपहिरोसम्बन्धी जानकारी दिने विपत् पूर्वसूचना प्रणाली गोदाममा थन्किएको छ। महाकाली नदीसँग सीमा जोडिएको दशरथचन्द नगरपालिकाका वडा नम्बर ६ र १० बाढीको जोखिममा भए पनि त्यहाँ कुनै पनि पूर्वसूचना प्रणाली जडान हुन सकेको छैन।

सम्बन्धित सामग्री

विपत् न्यूनीकरणका लागि पूर्वतयारी सुरु

प्राकृतिक विपत्को ‘हटस्पट’ का रूपमा रहेको सिन्धुपाल्चोक जिल्लामा मनसुन सुरु हुनुपूर्व विपत् न्यूनीकरण र विपत् प्रतिकार्यका काम थालिएका छन्। जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरण र प्रतिकार्यका लागि नीति योजना निर्माण गर्दै व्यवस्थापन र उद्धारको पूर्वाभ्यास, जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन, विपत् पूर्वसूचना प्रणाली, समुदाय स्तरमा खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका पूर्वतयारीका काम भएको जिल्ला विपत् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रमेश न्यौपानेले जानकारी दिनुभयो।