काठमाडौं । लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाईटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म)छुट प्राप्त गर्न सक्नेछन् । […]