ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।  ‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।  ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरे...

सम्बन्धित सामग्री

नेपालको राजनीति दुई ध्रुवमा विभाजित : ईश्वर पोखरेल

काभ्रे, पुष ४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनु भएको छ । एमाले एक्लै एकातिर र अर्कोतर्फ गठबन्धनकारी शक्ति रहेको उहाँको विश्लेषण छ । अनेरास्ववियु केन्द्रिय कमिटी महिला विभागले बनेपामा गरेको नेतृत्व विकास तथा सशक्तिकरण सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विकास र […]

गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानुन बन्न दिएनन्: ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन्।...

सरकारले राष्ट्रिय स्वाभिमानलाई लत्यायो :  ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुइँक्क बोल्न नसकेको भन्दै राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जता बाहेक अरु केही देखाउन नसकेको दावी समेत गरे ।बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकताको म

राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए । सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने […] The post राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको पनि बताए ।राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने पनि बताए ।अहिले आफ्नो राजनीति संगठनलाई सुदृढ, व

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।...

वरिष्ठ उपाध्यक्ष पद ‘खारेज’ गर्नेबारे ओलीसहित यी ७ नेताबीच छलफल हुँदै

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदले विवाद सिर्जना हुने देखिएपछि पद नै खारेज गर्ने विषयमा छलफल अगाडि बढेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेपछि सहमति जुटाउन ओलीलाई असहज भएको थियो ।  पोखरेलले वरिष्ठ आफूलाई बनाउन र नभए पद नै खारेज गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले पद नै खारेज गर्न सहज मानेपछि छलफल अगाडि बढेको स्रोतले जनाएको छ । अध्यक्ष ओलीसहित ७ नेताहरू वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव बन्दसत्रमा लैजानेबारे छलफल गरिरहेका छन् । ओलीसँगको छलफल...

ओलीलाई भेट्न फेरि पार्क सफारी पुगे ईश्वर पोखरेल

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् ।  यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए ।  त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् ।  वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन ।

म वरिष्ठ उपाध्यक्ष बन्ने हैसियत राख्छु- ईश्वर पोखरेल (भिडिओ)

'आजको राष्ट्रिय आवश्यकता पूरा गर्न कसले के जिम्मा लिँदा उचित हुन्छ, त्यो हामी सल्लाह गर्छौं र समझदारीका आधारमा नेतृत्व चयन गर्छौं।'