ललितपुर नगर प्रहरी : महिला पनि के कम ?

मुसा–बिरालोको खेल जस्तो देखिन्थ्यो, नगर प्रहरी र फुटपाथे पसलेहरुको दिनचर्या । नगर प्रहरी देख्ने बित्तिकै फुटपाथे पसलेहरु आफ्नो सामान लुकाउन दौडादौड गर्थे । कहिलेकाहीँ नगर प्रहरी उदार भइदिन्थ्यो । तर दशा बिग्रिएको बेला समातिन्थ्यो फुटपाथे पसले । अनि झ्याइँकुटी पार्थे नगरप्रहरीले । साथै सबै सरसामान पनि सोहोरेर लान्थे । जरिबाना तिरेर फिर्ता भए नि सामान दुरुस्तै भने पाइन्थ्यो ।विभिन्न हन्डर र ठक्कर खाएकी उनले डेढ वर्षअघि नगर प्रहरीको रुपमा जागिर सुरु गरेकी थिइन् । त्यतिबेला फुटपाथको पसल उठाउनु