मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि रंगेलीमा पुन: निर्वाचन गर्न माग

विराटनगर- मोरङको रंगेलीमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दा तनाव सृजना भएको छ । कांग्रेसको प्रदर्शनका कारण मतगणना प्रभावित भएको छ । केहीबेर तनावग्रस्त भएको रंगेलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको […]

सम्बन्धित सामग्री

म्याग्दीमा हस्ताक्षर नगरिएका मतपत्र फेलापरेपछि मतगणना स्थगित

म्याग्दी – म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका ५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धन दलहरूले छानबिन र कारबाहीको माग गरेका छन् ।  सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा छाप भएको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनको हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धान हुनुपर्ने  माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्या...

मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी

चुनावको मतगणना पश्चात् मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसी आजका लागि तोकिएको हो । निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रम

मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी

काठमाडौं – चुनावको मतगणना पश्चात मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएके छ। मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको […]

मतपत्र नजलाउन माग गर्दै सर्वोच्चमा रिट, आज पेसी

काठमाडौं : चुनाव सकिएपछि मतपत्र नजलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मतपत्र जलाउँदा वायु प्रदूषण हुने, संविधानले व्यवस्था गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको हनन् हुने भन्दै उक्त नियममा भएको व्यवस्था हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो। कानुनशास्त्रका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका हुन्।नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वा

रौतहटको फतुवा विजयपुरमा ४१ वटा बढी मतपत्र भेटिए, गणनास्थलबाहिर नाराबाजी

रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिकामा खसेको भन्दा ४१ वटा बढी मतपत्र फेला परेको छ। बढी मतपत्र फेला परेको र पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रदर्शन गरेका छन्।सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा विजयपुर नगरपालिकाको वडा नं-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको बताए।निर्वाचन आयोगले बाक्सामा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर

मतपत्र सार्वजनिक गरेको भन्दै बाबुराम भट्टराईसँग स्पष्टीकरण माग

गोरखा, ३० बैशाख । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता […]

निर्वाचन आयोगद्वारा डा.भट्टराईसँग स्पष्टीकरण माग

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ।...

छाप लगाएको मतपत्र सार्वजनिक गरेपछि डा भट्टराईसँग स्पष्टीकरण माग

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा. भट्टराईले लुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । डा भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ …

महानगरको मतपत्र नामावली प्रकाशनपछि छाप्दा कसैलाई असर पर्दैन : आयोग

काठमाडौं : निर्वाचन आयोगले भक्तपुरसहित ६ महानगरको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि डिजाइन गर्दा पनि तात्विक फरक नपर्ने स्पष्ट पारेको छ।आयोगले  मतपत्र छपाइ सम्बन्धमा  केही राजनीतिक दलको माग र भनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै मतपत्र छपाई, रुजु सर्टिङ र प्याकिङ गर्न ३५ देखि ४० दिन लाग्ने र मतपत्र ढुवानीको लागि कम्तीमा एक साता लाग्ने स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हिजो सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महा

फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न थापाको माग

गुल्मी : नेपाली कांग्रेस गुल्मीको ८ औँ जिल्ला अधिवेशनमा फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न माग गरिएको छ।जिल्ला सभापतिका उमेदवार वेदबहादुर थापाले अर्का उम्मेदवार खिलध्वज पन्थीले फर्जी मतपत्र प्रयोग गरेको र चुनावलाई प्रभाव पार्ने गरी विधि, विधान र निर्देशिका विपरीत कार्य गरेको भन्दै निर्वाचन स्थगित गर्नुको विकल्प नभएको बताएका छन्।थापाले आइतबार बिहान तम्घासको एभरग्रिन होटलमा पत्रकार सम्मेलन आयोजना गरी सत्य, तथ्य छानबिन नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने बताए। उन