नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वन्डर्स ग्रुपबीच सम्झौता

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वन्डर्स ग्रुपबीच कर्जा लगानीसम्बन्धी सम्झौता भएको छ। मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौँको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको हो। वोन्डर्स ग्रुपको […]

सम्बन्धित सामग्री

निफ्राले खोज्‍यो ५ अर्ब ऋण, ७ वर्षमा तिर्ने ७ प्रतिशत ब्याज दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ऊर्जामा लगानी गर्न ५ अर्बको ऋणपत्र जारी गरेको छ ।

सेज र निफ्राबीच समझदारी

काठमाडौं असोज १८ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले विशेष आर्थिक क्षेत्रको प्रवद्र्धनमा सघाउने भएको छ । औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र […]

स्काई वाक टावर परियोजनामा निफ्राले कर्जा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वोन्डर्स ग्रुपबीच काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ परियोजनाहरू निर्माण र सञ्चालनका लागि कर्जा लगानी गर्ने सम्झौता भएको छ । देशको पर्यटकीय...

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रपबीच सम्झौता

पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक टावर ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि व्यवस्थासहितको […]

बिजुली निर्यात गर्न छुट्टै विद्युत व्यापार कम्पनी खोल्ने निफ्राको प्रस्ताव

देशबाहिर विद्युत निर्यात गर्ने उद्देश्यले छुट्टै विद्युत व्यापार कम्पनी खोल्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले उर्जा मन्त्रालयमा प्रस्ताव गरेको छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं (अस) । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबार सञ्चालन गर्न थालेको छ । यसका निम्ति कनेक्ट आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको हो । राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ वटा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो । योसँगै २ लाखभन्दा माथिका भुक्तानी तत्काल गर्न सकिने हुँदा यसले कोष व्यवस्थापन थप सहज हुने अपेक्षा बैंकको छ । एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो, जुन राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली र बैंक तथा वित्तीय संस्थाको कोर बैंकिङ प्रणालीमा जोडिएको छ ।

निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्यो, किन्ने कोही छैनन्

हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ।

प्रदेश १ को लगानी प्राधिकरण र निफ्राबीच समझदारी, विभिन्न परियोजना अघि बढ्दै

काठमाण्डौ – प्रदेश नम्बर १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच विभिन्न परियोजना अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझादारी पत्रमा प्राधिकरणका तर्फबाट निर्देशक डाक्टर सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य त...