जापानमा शिशुका लागि डायपर उत्पादन बन्द, वयस्कका लागि भने बनाइने !

टोकियो (जापान) । जापानको एक न्याप्पी उत्पादक कम्पनीले देशमा बेबी डायपर उत्पादन बन्द गर्ने र वयस्कको उत्पादनमा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ ।  जापानमा जन्मदर घट्न थालेपछि ओजी होल्डिङ्सले यस्तो घोषणा गरेको हो । जापानमा जन्मदर अहिलेसम्मकै न्यून स्तरमा छ, जबकि वृद्धको जनसंख्या बढिरहेको छ ।  जापानमा जन्मिने शिशुको संख्या घटेको छ । सन् २०२३ मा जापानमा ७ लाख ५८ हजार ६३१ शिशु जन्मिएका थिए, यो संख्या अघिल्लो वर्षभन्दा ५.१ प्रतिशतले कम हो ।  यो १९ औं शताब्दीपछि जापानमा एक वर्षमा जन्मिने शिशुको सर्वाधिक कम संख्या हो । सन् १९७० को दशकमा भने यो संख्या २० लाखभन्दा बढी थियो ।  जन्मदर घट्दै गएपछि देशमा शिशुको डायपरभन्दा वयस्कको डायपरको विक्री धेरै छ ।  यहाँ एक दशकभन्दा बढी समयदेखि शिशुको डायपरभन्दा वयस्कको डायपरको विक्री धेरै रहेको बताइएको छ । सन् २०११ मा जापानको सबैभन्दा ठूलो डायपर उत्पादक कम्पनी युनिचार्मले शिशु डायपरभन्दा वयस्कको डायपरको विक्री बढेको बताएको थियो ।  ओजी होल्डिङ्सले एक विज्ञप्तिमा उसको सहायकले ओजी नेपियाले हाल वार्षिक ४० करोड शिशु न्याप्पी उत्पादन गरिरहेको बताएको छ । कम्पनीका अनुसार यसको उत्पादन सन् २००१ देखि घट्दै गएको छ । सर्वाधिक उत्पादन गरेको वर्ष भने कम्पनीले ७० करोड शिशु न्यापी उत्पादन गरेको थियो ।  जापान अहिले विश्वको सबैभन्दा वृद्ध जनसंख्या भएको देशमध्ये एक हो । त्यहाँको लगभग ३० प्रतिशत जनसंख्या ६५ वर्ष वा सोभन्दा माथिको उमेरका छन् ।  ओजी होल्डिङ्सले जापानमा बेबी डायपर उत्पादन बन्द गर्ने घोषणा गरे पनि मलेसिया र इन्डोनेसियामा भने उत्पादन जारी राख्ने बताएको छ ।  घट्दै गइरहेको जनसङ्ख्या, वृद्धावस्था र घट्दो जन्मदर विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र जापानका लागि संकट बनेको छ । तर, यी चुनौतीलाई सम्बोधन गर्ने जापानी सरकारको प्रयासले अहिलेसम्म थोरै सफलता पाएको छ । बाल सम्बन्धित कार्यक्रममा बढेको खर्च र युवा दम्पती वा आमाबाबुलाई लक्षित गर्ने अनुदानले जन्मदर बढाएको देखिँदैन ।  जापानमा मात्रै होइन, हङकङ, सिंगापुर, ताइवान र दक्षिण कोरियामा पनि जन्मदर घट्दै गएको छ ।  चीनले पनि सन् २०२३ मा लगातार दोस्रो वर्ष आफ्नो जनसंख्या घटेको बताएको छ । चीनले पनि जापानले जस्तै जन्मदर बढाउन विभिन्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । तर, वृद्धावस्था र सन् २०१५ मा समाप्त भएको दशकौं लामो एक बाल नीतिको प्रभावले चीनमा पनि जनसांख्यिकीय चुनौती सिर्जना गरिरहेको छ । बीबीसी

सम्बन्धित सामग्री

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ।...

सरकारी खरिद प्रक्रियालाई पारदर्शी बनाइने

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सरकारी खरिद प्रक्रियालाई थप पारदर्शी बनाइने बताएका छन् ।

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ।...

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ । कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

पत्रकारको राष्ट्रिय परिचयपत्र बनाइने

काठमाडौँ,१८ साउन । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले […]

पत्रकारको राष्ट्रिय परिचयपत्र बनाइने

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ। नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो। सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले अनुरोध गरेका छन्। […]

सार्वजनिक सेवालाई कागजरहित बनाइने

सार्वजनिक सेवालाई कागजरहित बनाइने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  सार्वजनिक सेवालाई मुहाररहित, सम्पर्करहित र कागजरहित बनाइने उनले बताए...

हेटौँडा अस्पताललाई ३०० बेड क्षमताको बनाइने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको बनाइने बताएका छन्।

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने

उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाइने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   विदेशी लगानी आकर्षित गर्न उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वाचालित रूप प्रणाली अबलम्बन गर्न सुरू गरिने उनले बताइन् ।  ‘एकल बिन्दु सेवालाई प्रविधिमा आधारित बनाइने छ,’ उनले नीति तथा...

नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने

कोरोना संक्रमणलाई समुदायस्तरमा फैलन नदिनका लागि सुर्खेत भित्रिने मुख्य दुई वटा नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने भएको छ।...