ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना जगाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना शुरु गरेको छ । आजभोली ललितपुरका मुख्य सडकको बिच भागको बगैँचामा ढुंगामा पेन्ट गरिएका ‘स्लोगन’ देख्न सकिन्छ ।  महानगर प्रमुख चिरिबाबु महर्जनको ‘नमुना शहर योजना’ अनुसार ढुंगामा पेन्ट गरेर सचेतना शुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । ललितपुर नगर प्रहरीको सक्रियतामा अहिले कुपण्डोलदेखि पुल्चोकसम्मका सडक सचेतनामूलक स्लोगानले सजाइएको छ । ‘जिल्लाका मुख्य चोकमा यस्ता सचेतनाम