अख्तियारद्वारा तीन वडासचिवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ ।सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो असुलउपरको मागदावी सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । तीन जना विरुद्ध २०७४&