बाढीबाट झापामा एक हजार बढी विस्थापित

झापा – दुई दिनदेखिको अविरल वर्षाका कारण झापामा ३६१ परिवार विस्थापित भएका छन्। कनकाई, रतुवालगायत नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका हुन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार कनकाई नदी ४.३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन्। ‘जिल्लाका ३६१ परिवारका एक हजारभन्दा धेरै मानिस विस्थापित […]