‘अमेरिकी ड्रोन आक्रमणमा काबुल विष्फोटका योजनाकार मारिए’

अमेरिकी सेनाले ड्रोन आक्रमणमा काबुल विष्फोटका एक जना योजनाकार मारिएको दाबी गरेको छ । पूर्बी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा इस्लामिक संगठन आईएस केका एक जना योजनाकार मारिएको अमेरिकी सेनाले दाबी गरेको हो । अफगानिस्तानको नानगर प्रान्तमा रहेका इस्लामिक स्टेट(आइएस) केका समूहलाई लक्षित गरी आक्रमण गरिएको हो । आईएस केले बिहीबार काबुल विमानस्थलबाहिर भएको आत्मघाती आक्रमणको जिम्मा लिएको थियो । उक्त आक्रमणमा १३ जना अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

अमेरिकी ड्रोन आक्रमणमा आईएसका सूत्रधार मारिएको दाबी

काबुल, (एजेन्सी) । अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी भागमा आफूले गरेको एक ड्रोन विमान आक्रमणमा इस्लामिक स्टेट समूहको अफगानिस्तानका लागि बम योजनाकार मारिएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् । ती आशंकित आईएस–के ग्रुपका सदस्यलाई नान्गारहार प्रान्तमा आक्रमण लक्षित गरिएको थियो । आइएस–केले आफूले बिहीबार राजधानी काबुलस्थित विमानस्थलबाहिर बम आक्रमण गरी १३ जना अमेरिकी सैनिकलगायत एक सय […]

काबुल हमलाका योजनाकार अमेरिकी ड्रोन आक्रमणमा मारिए

अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। ड्रोनको प्रयोग गरी नानगहार प्रान्तमा गरिएको कारबाहीका...