काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यूएई र ओमानविरुद्ध हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोली सार्वजनिक गरेको हो । टोली छनोटमा प्रधानमन्त्री कपको प्रदर्शनलाई आधार बनाइएको क्यानले जनाएको छ । यसक्रममा युवा ब्याटर अर्जुन कुमालले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् […]
तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुग्दासम्म ७० प्रतिशत मात्र पूरा भएको छ। भत्काइएका सडक अलपत्र छाडिँदा यस क्षेत्रका सर्वसाधारण धुलोका कारण आजित भएका छन्।
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण सोधेको छ । काउन्सिलले शुक्रबार जारी पत्रमार्फत सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएका भिडियो सामग्रीका कारण आचारसंहिता उल्लंघन भएको भन्दै लिखित जवाफ माग गरेको हो । काउन्सिलका अनुसार अप्रिल २०२५ देखि अप्रिल २०२६ सम्म अपलोड गरिएका सामग्रीहरूको अनुगमन तथा अध्ययन गर्दा काउन्सिलको आचारसंहिता उल्लंघन भएको पाइएको […]