भारतबाट घर फर्कने नेपाली बढे, श्रमिकहरु भन्छन् : ‘स्वदेशमै रोजगारीको प्रतिवद्धता आवश्यक’

वैशाख २५, काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रम गर्न पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ ।  कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्यदिन प्रतिदिन १०० देखि २०० जना नेपालीहरु भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर दिनमा ५०० भन्दा माथिको संख्यामा घर फर्किरहेका छन् । कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५०० देखि ८०० जनासम्म मानिसहरु नेपाल फर्किरहेको बताए । उनले यो संख्या बढीरहेको पनि बताएका छन् । उनले स्थानीय तहको निार्वचनलाई लक्षित गरेर पश्चिमी नाकाहरुमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरु धमाधम नेपाल फर्किएका बताए ।   भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने कार्य भइरहेको छ । पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण बढीरहेकोले नेपाल आउनेहरुले अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाहरुले खोप लगाउन तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । उता यसरी भारतबाट फर्किएका उनीहरुले उम्मेदवारहरुले चुनावअघि विभिन्न प्रतिवद्धता गरेपनि चुनावपछि पहिलाका प्रतिवद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै आक्रोश व्यक्त गर्ने गरेका छन् । नेपालमै रोजगारी सृजना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका अमरबहादुर देउवाको  माग छ । दैनिक रुपमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढ्दै जाँदा स्थानीय तहको निर्वाचनमा नेताहरुले गरेको स्वदेशमै रोजगारीको प्रतिवद्धता भने चुनावपछि बिर्सिने गरेको उनीहरुको भनाइ छ । यो समस्या सामाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ ।   

सम्बन्धित सामग्री

भारतबाट घर फर्कने नेपाली बढे

कञ्चनपुर– आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका कालागि पुगेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भए पनि अहिले त्यो संख्या बढेर […]

भारतबाट घर फर्कने नेपाली बढे

कञ्चनपुर-आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका कालागि पुगेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भए पनि अहिले त्यो संख्या बढेर दिनमा […]

निर्वाचनका लागि भारतबाट घर फर्कने नेपाली बढे

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका कालागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ।...