मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । रसायन तथा मेडिकल आपुर्ति सङ्घ नेपालको आयोजनामा बिहीबारदेखि भुकृटीमण्डमा शुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उहाँले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो । मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके …