एलपीएल सातौँ संस्करण कार्तिक १३ देखि

विद्यालयस्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण धनगढीमा हुने भएको छ ।  कार्तिक १३ गते देखि कार्तिक २६ गते सम्म एलपीएल हुन लागेको हो । लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले आयोजना गर्ने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।