सिरहा- २ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।