लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्दै

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउने क्रम बढ्दो रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । ‘अफ सिजन’ मानिने यो समय मोदी भ्रमणसँगै भारतीय पर्यटक बढेको कोषले जनाएको छ । भारतका प्रधानमन्त्री