कुश्माका होटेल व्यवसायी तुलाचन सम्पर्कविहीन

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा होटेल सञ्चालन गर्दै आएका व्यवसायी गजेन्द्र तुलाचन बिहीबारदेखि सम्पर्कविहीन छन्।मुस्ताङ घर भई कुश्मामा मुस्ताङ होटेल सञ्चालन गर्दै आएका उनी बिहीबार बिहान करिब ६ बजे ‘मर्निङ वाक’का लागि निस्केको भए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी घर नफर्किएपछि परिवारले प्रहरीले खोजीका लागि निवेदन दिएका छन्।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले तुलाचनको खोजी कार्य तीव्र पारिएको बताए। मोबाइल एक्टिभेसनको आधारमा खोजी गर्दा