छोरीहरूको शिक्षा, सुरक्षा र सशक्तीकरणमा प्रदेश नं. २ को छोरी बिमा कार्यक्रम

काठमाडौँ । छोरीहरूको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरण गर्नका लागि प्रदेश नंं. २ मा प्रदेश सरकारले सुरुवात गरेको ‘बेटी पढाऊ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रमले हिजोआज देशव्यापी चर्चा पाएको छ । प्रदेश सरकारले ल्याएको यस कार्यक्रमले प्रदेशमा रहेका विपन्न परिवारका अभिभावकहरूमा छोरीहरूको उज्ज्वल भविष्यका लागि ठुलो आशा पलाएको छ […]