काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना आज (बुधबार) सकिने भएको छ।दलित, जनजाति, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशनअन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो।नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोपाल घिमिरेका अनुसार अब तीनवटा क्लस्टरको मतगणना बाँकी रहेको बताए।उनले करिब दुई हजारको संख्यामा मत गणना गर्न बाँकी रहेको र आज साँझ अबेरसम्म नतिजा आइसक्ने जानकारी दिए।निर्वाचन आयुक्त घिमिरेले भने, ‘तीनवटा क्लस्टरम