बैंगलोरको अपराजित यात्रा जारी, राजस्थान १० विकेटले पराजित

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा बैंगलोरले अपराजित यात्रा जारी राखेको छ। गएराति राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ। राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंगलोरले १६.३ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो। बैंगलोरको जितमा देवदत्त पडिक्कलले १०१ र विराट कोहलीले ७२ रन जोडे। बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा छ भने राजस्थान २ अंकसहित अंकतालिकाको पुछारमा छ।