०७४ मा झैं देशलाई फेरि चकित पार्ला बर्दिया–१ ले ?

बर्दिया–१ मा आगामी मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभातर्फ १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर जित–हारमा ‘ह्याट्रिक’ गरेका वामदेव गौतम यसपटक चुनावी मैदान बाहिर छन् । सत्ता गठबन्धनले कांग्रेका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमलाई चुनावी मैदानमा उतारेको छ । गौतमलाई टक्कर दिन एमालेका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।जसपाबाट रेशम बहादुर खत्री, राप्रपाबाट सूर्य बहादुर सिंह, नेमकिपाबाट हरिलाल न्यौपाने, जनमत पार्टीबाट सोहराव पठान, नागरिक उ