राष्ट्रियसभा निर्वाचनले गठबन्धन कमजोर हुने र एमाले बलियो हुने संकेत मिल्योः एमाले महासचिव

एमाले महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा प्राप्त नतिजाले एमाले बलियो र सत्ता गठबन्धन कमजोर बन्ने संकेत मिलेको दावी गरेका छन् । ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र नेकपा एमाले थप सुदृढ हुने आधार यस निर्वाचनले संकेत गरेको छ’, राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै बुधबार राति उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । परिणाम प्रतिकुल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि एमालेको पक्षमा उत्साहपूर्वक नतिजा आएको भन्दै  उनले पार्टीको उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै ज...