२५ सय वर्ष पुराना रङ्गीविरङ्गी शवपेटिकाहरू उत्खनन - BBC News नेपाली

इजिप्टमा हालसालै फेला पारिएको एउटा प्राचीन समाधिस्थलस्थित गहिरो खाल्डोभित्र २,५०० वर्ष पुराना भएको अनुमान गरिएका २७ वटा शवपेटिका भेटिएको थियो।

सम्बन्धित सामग्री

कीचकवध उत्खनन : भवनको संरचना भेटिएको पुष्टि

भद्रपुर नगरपालिका– ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ।

कुषाण वंशकालीन अवशेष भेटियो

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको झापा भद्रपुर–३ स्थित किच्चक वध क्षेत्रमा उत्खनन गर्दा झन्डै २ हजार २ सय वर्ष पुरानो कुषाण वंशकालीन अवशेष फेला परेको छ । वैज्ञानिक अनुसन्धान गर्दा उक्त अवशेष त्यति पुरानो रहेको पुष्टि भएको हो ।

मोरक्कोमा १८ सय वर्ष पुरानो सहरको अवशेष भेटियाे

मोरक्कोका पुरातत्त्वविद्हरूले मोरक्कोको राजधानी रबातमा रोमन–युगको पुरातन सहर पत्ता लगाएका छन् । यो सहर दोस्रो शताब्दीको हो । हालै पत्ता लगाइएको पुरातात्त्विक स्थल प्रसिद्ध चेल्लाह साइटको नजिक अवस्थित रहेको मोरक्कन पुरातत्त्वविद् अब्देलाजीज एल खयारीलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । नयाँ सहर एक बन्दरगाह क्षेत्र रहेको बताइएको छ । सहरमा एक ठूलो सार्वजनिक स्नान र एक चिहान क्षेत्रको अवशेष पनि भेटिएको छ । मोरक्कोको युवा, संस्कृति र सञ्चार मन्त्रालयले निकालेको विज्ञप्तिअनुसार उत्खनन र पुरातात्त्विक सर्वेक्षण...

टर्कीमा २३ सय वर्ष पुराना सामान फेला

एजेन्सी । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् । अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति फेला परेको बताइएको हो । २३ सय वर्ष पहिलाका जीवनलाई चित्रित गर्ने त्यो बेला प्रयोग हुने भाँडाकुँडा, धार्मिक कार्यमा प्रयोग हुने अन्य सामग्रीहरु र साना […]

१३ सय वर्ष पुरानो चिहान खन्दा भेटियो सुन–चाँदीको खजाना

दक्षिण अमेरिकी देश पेरुमा पुरातत्वविदले एक समाधिस्थल उत्खननका बेला १३ सय वर्ष पुरानो चिहानको खोजी गरेको छ । पुरातत्वविदले उत्तरी लीमामा उत्खनन गरिरहेका बेला उनीहरुले वारी साम्राज्यको एउटा प्राचीन चिहान भेटे । उक्त चिहान त्यतिबेलाका एक उच्च दर्जाका व्यक्तिको थियो । उनलाई ‘लर्ड अफ ह्युआर्मे’ भनिन्थ्यो ।उक्त चिहानमा अन्य ६ व्यक्तिको अवशेष पनि भेटिएको छ । यिनीहरुलाई अर्कै ठाउँबाट ल्याएर पछि त्यहाँ राखिएको जस्तो देखिन्छ । उक्त चिहानमा चार वयस्क – सम्भवतः दुई महिला, दुई पुरुष–

पुरातत्त्व विभागद्वारा सिख्रौलीमा ४ सय वर्ष पुरानो शैलीको मन्दिर निर्माण

गैंडाकोटको सिख्रौली घाटमा पुरातत्त्व विभागले करिब ४ सय वर्ष पुरानो शैलीमा कलात्मक शिव मन्दिर निर्माण गरेको छ । विभागले एक दशक लगाएर उत्खनन गर्दा फेला परेको भग्नावशेष मन्दिरका आधारमा ठिक त्यस्तै मन्दिर निर्माण गरेको हो ।

पुरातत्त्व विभागद्वारा सिख्रौलीमा ४ सय वर्ष पुरानो शैलीको मन्दिर निर्माण

गैंडाकोटको सिख्रौली घाटमा पुरातत्त्व विभागले करिब ४ सय वर्ष पुरानो शैलीमा कलात्मक शिव मन्दिर निर्माण गरेको छ । विभागले एक दशक लगाएर उत्खनन गर्दा फेला परेको भग्नावशेष मन्दिरका आधारमा ठिक त्यस्तै मन्दिर निर्माण गरेको हो ।

संरक्षणपछि लाेभलाग्दाे भयाे १३ सय वर्ष पुरानो मन्दिर

बुद्धको गृह नगरी तिलौराकोट दरबार परिसर भित्र रहेको प्राचीन मन्दिर सहित तीन सम्पदाको संरक्षण भएको छ । युनेस्कोको समन्वयका तिलौराकोट अध्ययन, अन्वेषण परियोजना अन्तर्गत पुरातात्विक सम्पदाको संरक्षण गरिएको थियो । परियोजनाको तेस्रो चरणमा मध्य भागमा रहेको २५ मिटर लामो दक्षिणी सुरक्षा पर्खाल, पर्खालको बिचमा रहेको सुरक्षा टावर समेत संरक्षण गरिएको छ । भग्नावशेष उत्खनन गरी नयाँ इँटा जोडेर जमिन भन्दा एक मिटर उच्च बनाइएको छ । उत्खनन्का क्रममा फेला परेको पोस्ट होल ( इँटा प्रयोग हुनु अगाडि घर बनाउन प्रयोग गरिएको काठ बाँस गाडिएको प्वाल ) समेत संरक्षण गरिएको लुम्बिनी विकास कोषका पुरातत्तव अधिकृत हिमाल उप्रेतीले बताउनुभयो । संरक्षण गरिएको मन्दिरमा सातौंै शताव्दी

करीब नौ सय वर्ष पुरानाे शिव मन्दिर पुन:निर्माण शुरु

जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कैलास सन्यास आश्रममा शिखर शैलीको शिव मन्दिर पुर्ननिर्माण हुने भएको छ ।गैँडाकोट नगरपालिका १३ मा रहेको कैलास सन्यास आश्रममा करीब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुर्ननिर्माणको काम थालनी गरिएको हो । गजुर छोडेर ५१ फिट उचाई र चौडाई १७ देखि १९ फिट भएको सो कैलाश सन्यास आश्रम महादेव स्थानका अध्यक्ष पुण्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गै ढुङ्गाले मन्दिर निर्माण गरिने र भित्र पुरानो शिव लिङ्ग राखिने घिमिरेले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि पुरातत्व विभागले सात करोड ६८ लाख रुपियाँ बिनियोजन गरेको समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । यस अघि पुरातत्व विभाग आफैले यहाँ उत्खनन् गरि १५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको थियो ।