दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ । पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ । नगरसभामा नीति तथा बजेट कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगर उपप्रमुख चिनी गिरीले आयतर्फ वित्तीय समानीकरणमा रु १३ करोड ४० लाख, शसर्त अनुदानमा रु १८ क

सम्बन्धित सामग्री

दोधारा चाँदनी अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसूति

अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट सन्तान जन्माउने महिला दोधारा चाँदनी नगरपालिका ६ की २० वर्षीया सुनिता सुनार हुन्। सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी उनको प्रसूतिमा जटिलता देखिएपछि शल्यक्रिया गरिएको डा पवनकुमार साहले जानकारी दिए।

दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण गर्दा करिब २ हजार रुख काटिने

२८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि कञ्चनपुरको नेपाल–भारत सीमामा निर्माण गर्न लागिएको एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यंकन प्रतिवेदन तयार भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १, २ र ३ मा बन्ने व्यापार पूर्वाधारमा गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ६३ हेक्टर क्षेत्र प्रयोग हुनेछ ।  त्यस क्षेत्रमा […]

दोधारा चाँदनी सुक्खा बन्दरगाह : नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग

भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो । भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिनुभयो । …

दोधारा चाँदनी सुक्खा बन्दरगाह : नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग

काठमाडौँ – भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो । भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी […]

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ को वडा सदस्यमा श्रीमान्–श्रीमती विजयी

स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् – श्रीमती विजयी भएका छन् । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन्।सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्। पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारिक कटुता नभ

दोधारा चाँदनी नगरपालिका-१० मा चन्द बहादुर सिंह प्यानलसहित निर्वाचित

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका-१० मा नेपाली कांग्रेसका चन्द बहादुर सिंह प्यानल सहित निर्वाचित भएका छन्।उनले अध्यक्षमा ९०९ मत ल्याएका छन्। उनका निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६७१ मत ल्याएका छन्। वडा सदस्यमा कांग्रेसका बब्ली सुनार, पिंकी रावत, धन बहादुर थापा र महावीर रोकाया निर्वाचित भएका छन्।

दोधारा-चाँदनी सीमावर्ती क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती

धनगढी – कञ्चनपुर जिल्लाको दोधारा-चाँदनीअन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा सयुक्त गस्ती सुरु गरिएको छ। दोधारा-चाँदनी नगरपालिका- ७ कञ्चनभोजको नेपाल–भारत सीमा स्तम्भ नं १४ देखि १५ सम्म नेपाल–भारतका सुरक्षाकर्मीहरुले सयुक्त गस्ती सुरु गरेका हुन्। दोधारा-चाँदनी नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीहरुले सञ्चालन गरेको संयुक्त सीमा गस्ती प्रभावकारी बन्दै गएको त्यहाँका स्थानीयले बताएका छन्। सीमा […]

दोधारा चाँदनी सुख्खा बन्दरगाहमा एकीकृत जाँच चौकी निर्माण स्थलको 'इआइए' शुरु

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. १ र ३ को क्षेत्रमा फैलिनेगरी प्रस्ताव गरिएको दोधारा चाँदनी सुख्खा बन्दरगाहमा एकीकृत जाँच चौकीको निर्माण सन्दर्भमा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन शुरु भएको छ।

दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा बीओपी स्थापना

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को शुभारम्भ गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आज संयुक्तरूपमा आज २०औँ बीओपीको उद्घाटन गरेका हुन् ।नगरप्रमुख सुनारले सीमा क्षेत्रमा हुने अपराधका घटना सशस्त्र प्रहरीको उपस्थितिसँगै घटेको र  लागुऔषध ओसारपसारमा समेत कमी आएको बताए ।  प्रजिअ पाण्डेले अन्तर सीमा अपराध, मानव तस्करी, वन्यजन्तुको तस्करी, लागुऔषधको कारोबार रोकथाम, जाली नोटको कारो

दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ।