एक वर्षमा उद्योगमा ३ खर्ब ४३ अर्बको लगानी प्रतिबद्धता

८ साउन, काठमाडौं । एक वर्षमा मुलुकभर ३०९ वटा उद्योगहरु दर्ता भएका छन् । उद्योग विभागकाअनुसार यी उद्योगमा कुल ३ खर्ब ४३ अर्ब लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । जसमध्ये ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी रहेको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । यससँगै मुलुकभर दर्ता भएका उद्योगको कुल संख्या ८ हजार […]

सम्बन्धित सामग्री

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ मा ५ सय ४८ वटा साना तथा ठूला उद्योग व्यवसायका लागि ७० अर्बभन्दा बढी रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । एक वर्षमा -

प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बयसट्ठी अर्ब पुग्यो

एक आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०÷८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो ।

गत वर्ष ३२२ वटा उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रतिबद्धता

उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा ३२२ वटा उद्योग दर्ता भएको छ । जसमा २ खर्ब १४ अर्ब २२ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको थियो ।

दुई महीनामा साढे १४ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौं। चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा विदेशी लगानीकर्ताले नेपालमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन् । चालू आव २०८०/८१ को साउन र भदौमा विदेशी लगानीकर्ताका १११ ओटा योजना स्वीकृत हुँदा नेपालमा उक्त लगानीको प्रतिबद्धता आएको हो ।  उद्योग विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता साउन महीनामा आएको छ । विभागले दुई महीनामा स्वीकृत गरेका योजनाको संख्यामा धेरै फरक नदेखिए पनि लगानी रकममा भने ठूलै अन्तर देखिन्छ । साउन महीनामा कुल ६० ओटा योजना स्वीकृत हुँदा कुल ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । भदौ महीनामा योजना संख्या ५१ ओटा भए पनि लगानी प्रतिबद्धता भने २ अर्ब ७२ करोड २४ लाख रुपैयाँको मात्र आएको छ । नेपालमा आउने विदेशी लगानीकर्ताले उत्पादनमूलक, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवा, पूर्वाधार र सूचना तथा प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न पाउँछन् । आठओटा क्षेत्रमा लगानी गर्न पाइने भए पनि लगानीकर्ताको रोजाइको मुख्य क्षेत्र भने सेवामूलक रहेको छ । विगतका वर्षमा जस्तै चालू आवको २ महीनाको प्रवृत्ति हेर्दा लगानीकर्ता सेवामूलक र पर्यटन क्षेत्रमै लगानी गर्न इच्छुक देखिएका छन्, जसले गर्दा साना, मझौला र ठूला उद्योगको वर्गीकरणमध्ये साना उद्योगमा संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ । पहिलो दुई महीनामा स्वीकृत भएका योजनामध्ये पर्यटनमा ५३ र सेवामा ४४ ओटा छन् । यसबाहेक उत्पादनमूलक उद्योगमा ९, पूर्वाधार तथा सूचना प्रविधिमा दुई/दुई र कृषिमा एउटा मात्र योजना स्वीकृत भएको छ । विभागका अनुसार यी योजना सञ्चालनमा आउँदा मुलुकमा ५ हजार ५०२ रोजगारी सृजना हुनेछ ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं, ०५ साउन। राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको छ। सामाजिक सुरक्षा कोषको औषधोपचार सुविधामा छोराछोरीलाई पनि समेट्ने तयारी भइरहेको छ। कालोसूचीमा पर्नेको संख्या पाँच वर्षमा १५ गुणाले बढेको छ। गतवर्ष वैदेशिक लगानी प्रतिबद्धता ३४ प्रतिशतले घटेको छ। डिजलको मूल्य घटेपनि स्थानीय रुटमा चल्ने गाडीको भाडा भने अझैसम्म पनि घटेको छैन।

१० महिनामा ३ खर्ब लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा व्यावसायिक क्षेत्रमा मन्दी आउँदा औद्योगिक क्षेत्रको लगानी पनि निराशाजनक देखिएको छ । उद्योग विभागका अनुसार चालु आवको १० महिनामा उद्योग दर्ता संख्यामा ठूलो कमी नआए पनि लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ । विभागका अनुसार गत आवको वैशाखसम्ममा २ खर्ब ९३ अर्बको लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा १ […]

गतवर्ष लगानी प्रतिबद्धता दोब्बरभन्दा धेरै

काठमाडौं, साउन ५ । कोभिड–१९ को संक्रमण कम भएपछि नेपालमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको देखिएको छ । अघिल्ला २ वर्षमा खुम्चिएको लगानी प्रतिबद्धता आर्थिक वर्ष (आव) २०७८/७९ मा अघिल्लो वर्षको दाँजोमा करीब १२० प्रतिशतले बढेको छ । उद्योग विभागका अनुसार गत आवमा अघिल्ला २ वर्षको तुलनामा लगानी प्रतिबद्धता उक्त मात्रामा बढेको हो । […]

एक वर्षमा दुई सय ४३ उद्योग दर्ता, दुई खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता

सन् २०२१ मा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब बढ्यो  कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सन् २०२१...

कोरोना अवधिमा वैदेशिक लगानी ९.६६% ले घट्यो

काठमाडौं । कोरोना अवधिको २ आर्थिक वर्षमा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता आउने क्रममा उल्लेख्य अन्तर देखिएको छैन । कोरोना भाइरस (कोभिड–१९)कै बीचमा गत आर्थिक वर्षको तुलनामा भन्दा चालू आर्थिक वर्षको मध्य वैशाखसम्म आइपुग्दा वैदेशिक लगानी प्रतिबद्धता ९ दशलमव ६६ प्रतिशतले घटेको पाइएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा नेपालमा रू. २७ अर्ब ३ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ । १५१ ओटा परियोजनामार्फत उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा यस्तो प्रतिबद्धता रकम रू. २९ अर्ब ९२ करोड रहेको थियो । यी २ आर्थिक वर्षमा आएको प्रतिबद्धता रकम कोरोना शुरू हुनुअघिको आव २०७५/७६ को भन्दा बढी हो । २०७५/७६ का यस्तो लगानी प्रतिबद्धता जम्मा रू. ११ अर्ब ५७ करोड थियो भने २६८ ओटा परियोजना दर्ता भएका थिए । नेपालमा गत आव २०७६/७७ को पहिलो ६ महीनालगत्तै अर्थात् माघ १० गते पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसयता मुलुकमा वैदेशिक लगानीका परियोजना तथा लगानी आउन कमी हुने आकलन गरिए पनि अघिल्ला आर्थिक वर्षहरूको तुलनामा उल्लेख्य अन्तर नदेखिएको उद्योग विभागको तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षमा दर्ता भएका परियोजना सञ्चालन र प्रतिबद्धताअनुसार लगानी भित्रिए ४ हजार ५३५ जनाले रोजगारी पाउनेछन् । गत आवको यस अवधिमा कम परियोजना दर्ता भए पनि प्रतिबद्धता रकम भने उल्लेख्य देखिन्छ । गत आवको यसअवधिमा १७८ परियोजना दर्ता भएका थिए । गत आवकोे ६ महीनाअघि कोरोना संक्रमण थिएन । यसले गर्दा पनि गत आवमा लगानी प्रतिबद्धता बढेको आकलन विभागका आधिकारी गर्छन् । नेपालमा २०७६ चैतदेखि कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न समयमा निषेधाज्ञा तथा बन्दाबन्दीहरू जारी गर्दा यस्ता लगानी प्रतिबद्धता केही कम आएको देखिन्छ । विभागका महानिर्देशक जीवलाल भुसालले लगानी प्रतिबद्धता केही घटेको बताए । कोरोना महामारीका कारण विगत वर्षहरूमा भन्दा केही अन्तर हुने सम्भावना हुने उनको भनाइ छ । ‘तर, मुख्य कुरा केहो भने यस्तो परिस्थितिमा पनि अहिले आएको प्रतिबद्धतालाई राम्रो भन्न सकिन्छ,’ भुसालले भने, ‘अहिलेको अवस्था हेर्दा आर्थिक वर्षको अन्तिमसम्म प्रतिबद्धता रकम रू. ३२ अर्बसम्म पुग्ने आकलन गरिएको छ, आइतवारमात्रै केही दिनदेखि होल्डमा रहेको लगानी स्वीकृत गरिएको छ ।’ कोरोना महामारीको नभएको भए गत वर्षको तलुनामा लगानी प्रतिबद्धता बढ्ने सम्भावना देखिएको विभागको आकलन रहेको छ । लगानी आउने क्रम बढ्दो क्रममा रहेको छ । महामारीका कारण लगानीकर्ता प्रस्ताव तयार गरेर पनि निवेदन नहाली बसेको भुसालको दाबी छ । ‘वैदेशिक लगानी केही घटे पनि समग्रमा ती लगानीकर्ता निरुत्साहित भएको देखिँदैन,’ उनले भने, ‘अहिलको विषम परिस्थितिका कारणमात्रै यस्तो देखिएको हो ।’

उद्योगमा लगानीको प्रतिबद्धता घट्दै

काठमाडौं। पछिल्ला चार आर्थिक वर्षमा नेपालका उद्योगमा हुने लगानी प्रतिबद्धता क्रमशः घट्दै गएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कूल १ खर्ब १८ अर्ब प्रतिबद्धता प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ५३ अर्ब रूपैयाँको २०७४/७५ मा ३ खर्ब ५१ अर्ब रूपैयाँ र २०७५/७६ मा २ खर्ब ८३ अर्ब रूपैयाँ लगानी प्रतिबद्धता भएको थियो।