औद्योगिक पार्क शिलान्यास गर्न प्रम ओली झापामा

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाँउपालिका ७ झर्कामा चीन नेपाल औद्योगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली झापामा आइपुग्नुभएकाे छ । प्रधानमन्त्री  अाउने भएपछि दमक र कमल गाँउपालिका जोड्ने पुल नजिक रतुवा खोलाले बगर बनाएको क्षेत्रमा शिलान्यास स्थल बनाइएको छ ।