स्वदेश फर्किए प्रधानमन्त्री देउवा, मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी

स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीवार स्वदेश फर्केका छन् । कात्तिक १२ गते बेलायत गएका देउवा बिहीवार बिहान स्वदेश फर्केका हुन् ।  स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले हिमाली क्षेत्रको पर्यावरण संरक्षणबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताए ।  पत्रकारहरूको एक प्रश्नको जवाफमा कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान गठबन्धन चुनावसम्म नै चल्ने दाबी गरे ।  ...