जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रराम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । विभागका अनुसार अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ ।  यसपटकको जानसंख्या  वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । अघिल्लो पटकको जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा बढी थियो । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । ६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।   १० वर्षमा अवधिमा नेपालको जनसंख्या १० प्रतिशत अर्थात् २७ लाखले बढेको छ ।

सम्बन्धित सामग्री

कन्या भ्रूण हत्या : एक कहालीलाग्दो शृंखला

नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै छोरीलाई भन्दा छोरालाई बढी महत्व दिने गरिन्छ । सन्तान जन्माउँदा पहिलो प्राथमिकता छोरालाई दिने गर्दा लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढेको छ ।

यसरी घट्यो नेपालको जनसंख्या

केन्द्रीय तथ्यांक विभागले गत वुधवार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको प्रारम्भिक नतिजा सार्वजनिक ग¥यो। नतिजा सार्वजनिक भएसँगै तथ्यांकका विषयमा चौतर्फी आशंका छ।  तथ्यांकप्रति आशंका गर्नेहरुले जनसंख्या अहिले ...

नेपालको जनसंख्या तीन करोड पुगेन, १० वर्षमा २७ लाखले बढ्यो जनसंख्या

काठमाडौं, माघ १२ । तथ्यांक विभागले १२औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांकअनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो वि.स. २०६८ को जनगणनाको तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसंख्या वृद्धिदरमा समेत गिरावट आएको […]

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।