एमाले महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी सञ्चालनमा रोक

नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटनको दिन १० गते सार्वजनिक सवारी साधन सञ्चालनका लागि रोक लगाउने भएको छ । महाधिवेशन हुने स्थानमा पाँच लाख जनता उतार्ने एमालेको तयारी भएसँगै यसलाई व्यवस्थित बनाउन चितवन प्रशासनले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म यातायात रोक लगाएको हो ।