नौरथा नौकथा

कथाको पात्र/चरित्रलाई कथाकै पात्र सम्झेर–बुझेर पढेको वेश । कथाका पात्रमा यथार्थ व्यक्ति खोज्न–खोतल्न थालियो भने पुगिने— विभ्रम, शंका र अराजकतामा हो । तर, यसो भनिरहँदा कथा कल्पित कुरो मात्र हो भन्ने मेरो आशय कदापि होइन । कल्पित कुरो भए पनि कथा वास्तविकताको धरातल टेकेरै उभिएको हुन्छ । मैले पहिले पनि पटक–पटक भनेको छु र फेरि पनि भन्दै छु— कथा अवास्तविक वास्तविकता हो;— अवास्तविक वास्तविकता मान्छेको, समाजको साथै मान्छे र समाजको सामुहिक अन्तरमनको पनि ।