द्वन्द्वकालीन मुद्दामा नेपाली सेनाको भूमिका अमेरिकी ‘निगरानीमा’

संयुक्त राज्य अमेरिकाले नेपालको सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह गर्ने भूमिकालाई आफूले उपलब्ध गराउने कतिपय सैन्य सहयोगका लागि एउटा ‍सर्त बनाएको छ।गत साता अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानुनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको चर्चा गरिएको छ।नेपाली सेनालाई 'फरेन मिलिटरी फाइनान्सिङ कार्यक्रम' अन्तर्गत सहयोग उपलब्ध गराउँदा मानवीय तथा विपद् प्रतिकार्य र पुनर्निर्माण गतिविधि, अन्तर्राष्ट्रिय शान्ति अभियान, सैन्य व्यावसायिकीकरण तथा तालिम र सीमा सुरक्षा गतिविधिमा मात्रै सहयोग गरिने उक्त दस्तावेजमा उल्लेख छ।त्यसबाहेक अन्य क्षेत्रमा सहयोग उपलब्ध गराउनुपर्ने अवस्थामा अमेरिकी विदेशमन्त्रीले अमेरिकी सदनको विनियोजन समितिसमक्ष नेपाल सरकारले मानव अधिकार र सेनाबाट भएका युद्धसम्बन्धी कानुनहरूको उल्लङ्घनका विषयमा छानबिन गरी कारबाही गरिरहेको जानकारी गराउनुपर्ने उल्लेख छ।नेपाली सेनाले त्यस्ता घटनामा गैरसैनिक न्यायिक निकायहरूलाई पूर्ण रूपमा सहयोग पुर्‍याइरहेको जानकारी दिनुपर्ने भनिएको छ।सशस्त्र द्वन्द्वकाल सकिएको डेढ दशक बितिसक्दा समेत मानव अधिकारको विषय उठाएर अमेरिकाले कतिपय क्षेत्रमा सैन्य सहायता उपलब्ध गराउन सर्त राख्नुलाई सङ्क्रमणकालीन न्याय निरूपणमा भइरहेको ढिलाइसँग जोडेर कतिपय विज्ञले हेरेका छन्।उक्त प्रावधानबारे बीबीसीले राखेको प्रश्नमा नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एना रिची एलेनले भनिन्, 'संयुक्त राज्य अमेरिका र नेपालका सेनाहरूले लामो समयदेखि स्टाफहरूको तालिममा सहकार्य गर्दै आएका छन् र संयुक्त राज्य अमेरिकाले नेपालको सार्वभौमसत्ता, सुरक्षा र स्वतन्त्रतालाई समर्थन गरिरहेको छ। संयुक्त राज्य अमेरिकाको कङ्ग्रेसले देशको कार्यकारी निकायको विदेशी सहयोग र सैन्य सहकार्य सहितका बजेट सम्बन्धी गतिविधि हेर्ने भएकाले तपाईँ उक्त कानुनका कुनै पनि प्रावधानसम्बन्धी प्रश्न अमेरिकी कङ्ग्रेससमक्ष राख्न सक्नुहुनेछ।'नेपाली सेनाको प्रतिक्रियानेपाली सेनाका प्रवक्ताले सङ्गठनको मनोबल र पेसागत संवेदनशीलतामा कुनै आँच नआउनेगरी सङ्क्रमणकालीन न्यायको विषय टुङ्गोमा पुर्‍याइने विश्वास व्यक्त गरेको छ।सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाल भन्छन्, 'नेपाली सेना नेपालको संविधान, ऐन र कानुनले निर्दिष्ट गरेको कुनै पनि विधिसम्मत पद्धति र प्रक्रियाको सधैँ सम्मान, आदर र परिपालन गर्छ। कुनै एकको अधिकार प्रयोग गर्दा कुनै अर्कोको अधिकार कुण्ठित हुनुहुँदैन भन्नेमा विश्वास राख्छ।'उनले थपे, 'नेपाली सेना देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सुरक्षाको पहरेदार संस्था भएकाले यहाँ कार्यरत सकल दर्जाको मनोबल तथा पेशागत संवेदनशीलतामा कुनै आँच आउनुहुँदैन भन्ने कुरामा पनि अटल विश्वास राख्दछ।'नेपाललाई सैन्य सहयोग अमेरिकी 'प्राथमिकतामा'सन् २०२० मा चार करोड डलर विकास सहायता नेपाललाई उपलब्ध गराएको संयुक्त राज्य अमेरिकाले सन् २०२२ का लागि त्यसलाई बढाएर आठ करोड २० लाख डलर पुर्‍याउन प्रस्ताव गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनद्वारा हस्ताक्षरित एउटा दस्तावेजमा लेखिएको छ।सो दस्तावेजमा आईएमईटी भनिने अन्तराष्ट्रिय सैनिक शिक्षा र तालिमसम्बन्धी सहयोगको अलग्गै शीर्षकमा नेपाललाई सहयोग बढाउन प्रस्ताव गरिएको थियो।सन् २०२० मा झन्डै नौ लाख डलर रहेको उक्त क्षेत्रगत सहयोगलाई सन् २०२२ मा १४ लाख डलर पुर्‍याउन सिफारिस गरिएको थियो।उक्त दस्तावेजमा दक्षिण तथा मध्य एशिया क्षेत्रमा इन्डो-प्यासिफिकसहितका अमेरिकी प्राथामिकताहरूलाई आईएमईटी कार्यक्रमले समर्थन गर्ने उल्लेख गरिएको छ।सैनिक अधिकारीको व्यावसायिक शिक्षा, कानुन तथा मानव अधिकार र नागरिक नियन्त्रणको सम्मान र अङ्ग्रेजी भाषा तालिमसहित समावेश हुने उक्त कार्यक्रमअन्तर्गत बाङ्ग्लादेश, भारत, नेपाल र पाकिस्तानलाई प्राथमिकतामा राखिने चर्चा गरिएको छ।सन् २०२० मा फरेन मिलिटरी फाइनान्सअन्तर्गत करिब १७ लाख डलर नेपालका लागि खर्च गरिएको भनिएको छ।फरेन मिलिटरी फाइनान्सअन्तर्गतको क्षेत्रीय कोषबाट स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासिफिकसहित सामुद्रिक सुरक्षा र मानवीय एवं विपद् प्रतिकार्यका क्षेत्रमा खर्च गरिने गएको वर्ष प्रस्तुत गरिएको सो दस्तावेजमा उल्लेख छ।'सहकार्यको सम्बन्ध'नेपाली सेनाका प्रवक्ता सिलवालले अमेरिकी र नेपाली सेनाबीच आपसी सहयोग र सहकार्यको सम्बन्ध रहेको बताएको छ।प्रवक्ता सिलवालले थपे, 'नेपाली सेनाका विभिन्न पेसागत तालिम, शान्तिसेनासम्बन्धी तालिम तथा सामग्रीको सहयोग, दैवी प्रयोगको तालिम र त्यसमा प्रयोगहुने सामग्रीको सहयोगलगायत समग्र क्षमता अभिवृद्धिको क्षेत्रमा अमेरिकी सेनाबाट नेपाली सेनालाई सहयोग र सहकार्य भइरहेको अवस्था छ।'सन् २०१८ मा अमेरिकी सेनाको प्यासिफिक कमाण्डले नेपाली सेनालाई एमसिक्सटीन, एफोर र एमफोर कार्बाइन नामक अत्याधुनिक राइफलहरू विक्री गरेको जनाएको थियो।त्यही वर्ष तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकी सरकारले मानव अधिकार हननको आरोपका घटनासँग जोडिएका भनिएका चारवटा सैनिक गणमाथिको निगरानी हटाएको विषयलाई आफ्नो कार्यकालको उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए।अमेरिकी धारणालाई कसरी लिनेनेपाली सेनाका अवकाशप्राप्त उपरथी बिनोज बस्न्यातका अनुसार अमेरिकाले सङ्क्रमणकालीन न्यायसँग जोडेर नेपाली सेनाबारे त्यस्तो दृष्टिकोण राखेको र त्यसको राजनीतिक अर्थ भएको बताए।उनी भन्छन्, 'नेपाल सरकारले शान्तिप्रक्रियाको अन्तिम चरणको काम सम्पन्न नगरेसम्म यस्तो विषय समयसमयमा आइरहन्छ। नेपाली सेनाका पनि कतिपय आरोपित भएका थिए। त्यही भएर छानबिन गरेर जबसम्म सङ्क्रमणकालीन न्यायप्रणालीले आफ्नो निर्णय दिँदैन यो उठिरहन्छ।'उनले अमेरिका र नेपालको सैन्य सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै त्यसमा असर नपर्ने उल्लेख गरे।उनले थपे, 'अहिलेको हिसाबमा नेपाली सेनालाई खासै असर पर्दैन। मेरो विचारमा यसको सैनिकभन्दा पनि राजनीतिक पाटो छ। मलाई लाग्छ नेपाली सेनालाई सहयोग गर्न उनीहरूको तर्फबाट कुनै पनि किसिमको हिचकिचाहट हुँदैन।'बस्न्यातले नेपाली सेना सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्न सघाउन तयार रहेको भए पनि राजनीतिक नेताहरूको इच्छाशक्तिको अभावका कारण सङ्क्रमणकालीन न्याय अड्किरहेको बताए।उनले भने, 'नेपाली सेनालाई यो काम सकिँदा धेरै राम्रो हुन्छ। राजनीतिक निर्णय नभएकाले नै यो विषयमा विलम्ब भएको हो।'द्वन्द्वकालीन मुद्दामा कति प्रगतिनेपालमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन भएको सात वर्ष बितिसक्दा पनि तिनले सङ्क्रमणकालीन न्यायको मुद्दा निरूपण गर्न सकेका छैनन्।सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३,००० वटाभन्दा बढी र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा करिब ३,३०० उजुरी परेका थिए।नेपालको सङ्क्रमणकालीन न्यायिक संयन्त्रसम्बन्धी कानुन अन्तर्राष्ट्रिय मापदण्डविपरीत भएको भन्दै संयुक्त राष्ट्रसङ्घसहितका निकायले ती दुवै आयोगसँग काम गर्न अस्वीकार गरेका छन्।कतिपय मानवअधिकारवादीहरूले हालैका वर्षहरूमा सङ्क्रमणकालीन न्याय अन्तर्राष्ट्रिय समुदायको प्राथमिकतामा नपरेको टिप्पणी गर्ने गरेका छन्।अमेरिकी राजदूतावासकी प्रवक्ताले नेपालले पीडितहरूसँग सल्लाह गरेर विश्वसनीय ढङ्गले सङ्क्रमणकालीन न्यायको बाँकी काम सम्पन्न गर्नुपर्ने बताइन्।उनी भन्छिन्, 'नेपालको आफ्नै नेतृत्वको र पीडितहरूसँग परामर्श सहितको विश्वसनीय सङ्क्रमणकालीन न्यायप्रक्रिया सम्पन्न गर्न नेपाललाई संयुक्त राज्य अमेरिकाको सरकारले निरन्तर प्रोत्साहन गर्दै आएको छ। हामी समिट फर डेमोक्रेसीमा नेपालले सत्य निरूपण तथा मेलमिलाप ऐनको संशोधन सन् २०१५ को सर्वोच्च अदालतको फैसला अनुसार गर्ने भनेर जनाएको प्रतिबद्धता त्यो हासिल गर्ने दिशामा एउटा सकारात्मक कदम हुने विश्वास गर्छौँ।' -बिबिसीबाट 

सम्बन्धित सामग्री

बहसमा नेपाली सेनाको संख्या

काठमाडौं । नेपाली सेनाको संख्या घटाउने वा नघटाउने’bout बहस चर्किएको छ । केही नेताले नेपाली सेनाको संख्या ठुलो भएको भन्दै मुलुकको अर्थतन्त्रले धान्नै नसकिने भएकाले घटाउनुपर्ने तर्क अघि सारेका छन् । तर, केही नेताले नेपाली सेनाको संख्या घटाउन हुन्न भन्ने पक्षमा उभिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सुरक्षा फौज र […] The post बहसमा नेपाली सेनाको संख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त

काठमाडौँ– नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई बुधबारबाट प्रवक्तामा नियुक्त गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  यसअघि सहायक रथी नारायण सिलवाल सेनाको प्रवक्ता थिए ।

अरुणाञ्चलमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतको अरुणाञ्चलमा भारतीय सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

प्रचण्डको प्रतिक्रिया : समायोजित सेनाको मागप्रति सकारात्मक छु !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् ।  अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताएका हुन् । पूर्व सेनाको सङ्गठनमा बसेर […]

सेनाको हेलिकप्टरले गर्यो गर्भवतीको उद्धार

दैलेख : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको छ। ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। रक्तस्राव बढेपछि गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। उनका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा

सेनाको सङ्ख्या होइन, क्षमता बढाइन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको सङ्ख्या बढाउनेभन्दा पनि क्षमता विकासमा सरकारको ध्यान रहेको बताएका छन् । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट रक्षा मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले भने, ‘सेनाको सङ्ख्या बढाउनेभन्दा पनि सेनाको क्षमता बढाउने कुरामा सरकरको ध्यान छ, उनीहरूलाई प्रविधियुक्त बनाइ स्रोत र मेसिनरी […]

सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ

सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको साथ जुटेको छ । हिमालको संरक्षण गर्ने र चुचुरो÷हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्य रहेकामा युनीलिभरले पनि सेनाको अभियानमा हातेमालो गरेको हो ।नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलयका निर्देशक सहायक रथी हिमांशु खड्काले आफूहरुको अभियानमा साथ दिएकामा युनिलिभर नेपाललाई धन्यवाद दिए ।“हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्व

नेपाली सेनाको प्रवक्तामा सिलवाल

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।उनले भनेका छन् : ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’ यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए । पौड्यालले पन

सेनाको इतिहाससँग जोडिएको नगरकोट

नालदुम तथा महादेव पोखरीलाई हाल भक्तपुरको नगरकोट नामले समेटेको छ । यो भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको सिमाना क्षेत्र हो । पर्यटनका लागि महत्वपूर्ण भएकाले विदेशी तथा स्वदेशीको लागि एकदमै परिचित स्थान हो भने नेपाली सेनाको लागि ढुङ्गा माटोसँग खेल्ने इलाका भएकोले प्रायः सेनाको सकलमा तथा देश–विदेशमा समेत यस स्थानबारे अवश्य पनि परिचय छ ।यस क्षेत्रमा नेपाली सेनाको कलेज अफ कम्ब्याट रहेको छ । किन र कहिलेबाट यस क्षेत्रलाई नगरकोट भन्न थालियो भन्ने अभिलेख भेटिन्न । यद्यपि केही प्रमाणका आधारमा (पूर्

प्रधानमन्त्री ओलीद्वारा सेनाको उच्च प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्य बोध भावनाको उच्च प्रशंसा गरेका छन्। नेपाली सेनाको पृतना समन्वयात्मक तीन दिने बैठकको आज सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन गर्दै उहाँले सेनाको भावी कार्यदिशा र कार्य योजनाका लागि ठोस आधार निर्माण गर्न बैठक सफल हुने विश्वास व्यक्त गरे । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्मका लागि मार्गदर्शन हुनेमा प