मेरापिकमा बेपत्ता शेर्पाको खोजी गर्न उद्धार टोलीसहित पुगेको हेलिकप्टर अवतरण हुन सकेन

साेलुखुम्बु – सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता छेतेन शेर्पाको खोजीका लागि पुगेको हेलिकप्टर अवतरण हुन नसकेपछि फर्किएको छ । पाँच दिन देखि बेपत्ता शेर्पाको खोजीका लागि आज तालिम  प्राप्त उद्धार टोलीसहित सोलुखुम्बु पुगेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण लुक्लामा अवतरण हुन नसक्दा पुनः काठमाण्डौ फर्किएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार छेतेनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा ७ जनाको तालिम प्राप्त उद्धार टाेली खटिन लागेको हो । सात जना...

सम्बन्धित सामग्री

हुम्ला : हवाई उद्धार हुन नसक्दा गर्भवतीको ज्यान गयो

काठमाण्डाै - हुम्लामा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा ज्यान गएको छ । अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहाेराले बताउनुभयो । खराब मौसमका कारण कालीकोटबाट हेलिकप्टर  हुम्ला पुग्न नसकेपछि उहाँको उद्धार हुन सकेन । उद्धारका लागि हिजो सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका &nb...

हुम्लामा हेलिकप्टर उड्न सकेन, उद्धारको पर्खाईमा रहेकी गर्भवतीको मृत्यु

सिमकोट : चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो। छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्। उद्धारका लागि…

मनास्लुमा हिमपहिरो जाँदा १० जना बढी घाइते, खराब मौसमका कारण अझै उद्धार हुन सकेन

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा १० जना बढी घाइते भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले घटनास्थलतर्फ कैलाश हेलिकप्टर गएको तर खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको बताए । “कुहिरो लागेकाले उद्धारमा कठिनाइ भएको छ । घटनास्थल नजिकै...

दुर्घटनास्थलमा बाक्लो बादलले हेलिकोप्टर उड्न सकेन

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनास्थल मुस्ताङको थसाङस्थित सनोसवारेमा उद्धारका लागि खटिएको हेलिकप्टर मौसमका कारणले उडेको छैन । दुर्घटनास्थल पत्ता लागेपछि उक्त क्षेत्रमा उद्धार टोली लिएर हेलिकप्टर पुग्न खोजेपनि बाक्लो बादलले अवरोध भएको बुझिएको छ । हेलिकप्टर तयारी अवस्थामा रहेपनि मौसम सफा हुने पर्खाइमा रहेको बताइएको छ । पैदलै सुरक्षाकर्मीको टोली भने दुर्घटनास्थल […]

गुम्बामा आनी बन्न आएकी फुञ्जोले बनाइन् साहसिक विश्व कीर्तिमान

गोरखाको बिकट दुर्गम गाउँमा जन्मिएकी फुञ्जो लामा कपन गुम्बामा आनी बन्न काठमाडौं प्रवेश गरेकी थिइन । तर समय परिस्थितिले फुञ्जोको भिक्षुणी बन्ने सपना पुरा हुन सकेन । उनी हाल शहासिक क्षेत्र मानिने पर्वतारोहणमा संलग्न छिन् भने लङलाइन रेस्क्यु (हेलिकप्टर समेत पुग्न नसक्ने स्थानमा डोरीबाट झुन्डिएर गरिने उद्धार) गर्ने उनी नेपालकी एक मात्र महिला हुन् ।