१५० मतपत्र हराएपछि दोलखामा मतगणना रोकियो

काठमाडौं । दोलखामा जारी मतगणना विवादका कारण स्थगित भएको छ । करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना स्थगित भएको हो । एउटा गाउँपालिकाको वडा नम्बर १ को १५० मतपत्र नभेटिएको मतगणनास्थलमा रहेका एक प्रतिनिधिले बताए । अहिले सर्वपक्षीय छलफल चलिरहेको छ । एमालेले उक्त मतपत्रको टुंगो नलागी मतगणना सुचारु हुन नसक्ने […]

सम्बन्धित सामग्री

बाजुरामा खसेको भन्दा बढी मतपत्र भेटिए, मतगणना रोकियो

बाजुरामा खसेको भन्दा बढी मतपत्र फेला परेपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा ३० बढी मत फेला परेको हो।

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि बाजुरामा मतगणना रोकियो

बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना फेरी रोकिएको छ। खसेको भन्दा ३० मत बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो।  त्यसबारे दलहरूसँग छलफल गर्नका लागि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए। ‘मुचुल्कामा उल्लेख गरिएकोभन्दा ...

विष्णु पाैडेलकाे क्षेत्रमा मतगणना रोकियो

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गणनाका क्रममा मुचुल्कामा रहेको भन्दा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना रोकिएको छ ।

कपिलवस्तु ३ मा मतगणना रोकियो,  मत हराएको आरोप

कपिलवस्तु : कपिलवस्तुको क्षेत्र नं. ३ को मतगणना एक घण्टादेखि रोकिएको छ। प्रदेशसभा (क) मा एमालेका अर्जुन केसीले ७ मतले जितेको भनिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले मतपत्र हराएको भन्दै उजुरी दिएपछि रोकिएको हो।मिश्रले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै ४५७ मत नमिलेकाले पुनः मतपत्र संख्या र पछिल्लो दुई चरणको मत पुनः गणना गर्नुपर्ने माग राखेका छन्।नेकपामा एमालेका उम्मेदवार अर्जुन केसीले मिश्रभन्दा ७ मत बढी प्राप्त गरेको बताइएको छ तर निर्वाचन कार्यालयले भने आधिकारिक घोषणा गरेक

बढी मतपत्र भेटिएपछि कास्की १ को मतगणना रोकियो

प्रतिनिधिसभामा खसेकोभन्दा ९९ मतपत्र बढी भेटिएपछि गणना पछिल्लो एक घण्टादेखि रोकिएको हो ।

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियाे, मतगणना रोकियो

म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा  मतगणना रोकिएको छ। मतदान अधिकृतको  हस्ताक्षर  बिनाको  मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका  १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।

मतपत्र च्यातेपछि ओखलढुंगाको चिशंखुगढीमा मतगणना रोकियो

चिशंखुगढी गाउँपालिका–३ को मतगणना रोकिएको छ । वडाको मतगणना गर्दा नेपाली काँग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेद्वारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो । पुनः मत गणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि काँग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेका हुन् ।

शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थल बाहिर नाराबाजी

झापा : झापाको शिवसताक्षी नगरपालिकामा मतगणना प्रभावित बनेको छ। निकटतम प्रतिस्पर्धी रहेका राजनीतिक दलका प्रतिनिधिहरूले मतपत्र हराएको भन्दै मतगणना स्थलमा नाराबाजी गरेपछि शिवसताक्षीमा मतगणना स्थगन भएको हो।घटना विवरण अनुसार शिवसताक्षी १ मा ३०८२ मत खसेको थियो। वडा १ को मत परिणाम दिउँसो सार्वजनिक भईसकेको छ। वडा १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङ्गसहित प्यानल नै निर्वाचित भइसकेको छ।निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पनि वितरण गरिएकाे छ। अहिले

मकवानपुरको राक्सिराङ गाउँपालिकाको मतगणना रोकियो

१ जेठ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना रोकिएको छ । मतगणनाको क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँचवटा मतपत्र भेटिएपछि मतगणना कार्य रोकिएको हो । हालसम्म गणना भएको परिणाम अनुसार यो पालिकामा एमालेका बाबुलाल स्याङतान १७०८ मतका साथ अग्रस्थानमा छन् । कांग्रेसका राजकुमार मल्लले १६२२ मतका साथ बाबुलाललाई पछ्याइरहेका छन् । उपाध्यक्षमा पनि एमालेकी सुन्तलीमाया […]

भरतपुर महानगर अपडेट : एमालेको विरोधपछि मतगणना रोकियो

चितवन । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं. २ को गणना जारी रहँदा सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए । ‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो […]